सुनको मुल्यमा सामान्य गिरावट, आज तोलाको ९३ हजार ९ सयमा कारोबार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुनको मुल्यमा सामान्य गिरावट, आज तोलाको ९३ हजार ९ सयमा कारोबार


प्रशासन संवाददाता

२२ आश्विन २०७७, बिहिबार


काठमाडौँ । आज सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा २ सय रुपैयाँ घटेर सुनका मुल्य तोलाको ९३ हजार ९ सय रुपैयाँमा कायम भएको हो ।

हिजो तोलामा ८ सय रुपैयाँ घटेर सुनको मुल्य तोलाको ९४ हजार १ सय रुपैयाँ थियो । सुनको मुल्य घटे पनि चाँदीको मुल्य भने आज बढेको छ ।

चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस