‘बत्तीस लक्षण भएकी बुहारी’ सार्वजनिक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘बत्तीस लक्षण भएकी बुहारी’ सार्वजनिक


प्रशासन संवाददाता

२२ आश्विन २०७७, बिहिबार


काठमाडौँ । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘बत्तीस लक्षणकी भएकी बुहारी’ सार्वजनिक भएको छ । सासू बुहारीबीचको सम्बन्धलाई व्यक्त गरिएको गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक भएको हो ।

उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम अञ्जान तिर्खामा रहेको यो गीतमा सन्तोष श्रेष्ठको सङ्गीतमा प्रशन्ना शाक्य र रिता केसीको स्वर रहेको छ ।

सुभाष प्रधानको निर्देशन र चाँदनी शाहीको सह निर्देशन रहेको गीतको भिडियोमा मनोज ओली, रश्मि श्रेष्ठ, सपना थापा र प्रभास लिम्बुको अभिनय रहेको छ ।

डम्बर राईको छायाङ्कन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस