सास फेर्न गाह्रो भए वा बेहोस होला जस्तो भए मात्र अस्पताल जानुस् : स्वास्थ्य मन्त्रालय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सास फेर्न गाह्रो भए वा बेहोस होला जस्तो भए मात्र अस्पताल जानुस् : स्वास्थ्य मन्त्रालय


२१ आश्विन २०७७, बुधबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुघाखोकी लाग्दैमा वा ज्वरो आउँदैमा कोरोना संक्रमितहरु अस्पताल जानु नपर्ने बताएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सामान्य रुघाखोकी, ज्वरोका बिरामीहरु अस्पताल जाने क्रम बढेको भन्दै यस्तो आग्रह गरेका हुन् । सास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा होला जस्तो भएमा वा पिसाव नभएमा वा कम भएमा मात्र अस्पताल जान आग्रह गरेका छन् ।

जनस्वास्थ्य विज्ञहरु भने कोरोना संक्रमित, चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र होम आइसोलेसनमा बस्नुपर्ने र कुनै समस्या आएमा अस्पताल जानुपर्ने बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस