लोकगायक राजु परियारको ‘गाउँमै मनाऔँ दशैँतिहार’ सार्वजनिक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लोकगायक राजु परियारको ‘गाउँमै मनाऔँ दशैँतिहार’ सार्वजनिक


२१ आश्विन २०७७, बुधबार


काठमाडौं । लोकगायक राजु परियार र शान्ता कार्कीको स्वरमा ‘गाउँमै मनाऔँ दशैंँतिहार’ गीति भिडिओ सार्वजनिक गरिएको छ ।

चाडपर्व नजिकिँदै गर्दा गीतका माध्यमबाट सुखदुःख आदानप्रदान गर्न रचना गरिएको गीतका रचयिता जीवन प्याकुरेलले बताए ।

‘मनका कुराहरु व्यक्त गर्ने बलियो माध्यम गीत हो’, उनले भने । रिमेशकुमार थापाले निर्माण गरेको भिडिओको गीतमा लयसङ्गीत रिमेशकुमार, सङ्गीत संयोजन विजय थापा र मिक्सिङ/मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन् ।

विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा अभिनय टीका जैसी, ध्रुव हिमाली र दिनेश केसी, छायाङ्कन अमन बडु र सम्पादन लक्ष्मण चौहानको छ । गीतको भिडियो डिएआर मुभिजको आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको छ ।

हेर्नुस् भिडिओ:

प्रतिक्रिया दिनुहोस