प्रधानमन्त्री ओली र बामदेव गौतमबीच भेटवार्ता  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ओली र बामदेव गौतमबीच भेटवार्ता 


प्रशासन संवाददाता

२१ आश्विन २०७७, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच बालुवाटारमा एक घन्टा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले अकस्मात् बोलाएपछि भैंसेपाटीबाट बालुवाटार छिरेका गौतमसँग मन्त्रिमण्डल पुनर्गठन र वामदेवको अदालतमा विचाराधीन मुद्दाबारे कुराकानी भएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले अदालतमा वामदेवविरुद्ध दायर मुद्दामा आफ्नो भूमिकाबारे बाहिर चलेको हल्ला बारेसमेत चासो राखेका थिए । गौतमले हल्ला चल्नुलाई गम्भीरताका साथ लिएको बताएको र प्रधानमन्त्री ओलीले त्यस्ता हल्लामा आशङ्का नगर्न भनेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस