किस्ट अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

किस्ट अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


प्रशासन संवाददाता

२१ आश्विन २०७७, बुधबार


काठमाडौं । ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

अस्पतालको चिफ अपरेटिङ अफिसर अमिष पाठकका अनुसार बालाजुकी ६९ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो ।

उनी कोरोना संक्रमण पुष्टि भएपछि असोज १७ गते राति अस्पतालमा भर्ना भएकी थिइन् । संक्रमित महिलामा ज्वरो आउने, हाइपर टेन्सन र मुत्रनलीमा समस्या रहेको पाठक बताए ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस