आईपीएल : राजस्थान ५७ रनले पराजित, मुम्बईको चौथो जित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आईपीएल : राजस्थान ५७ रनले पराजित, मुम्बईको चौथो जित


एजेन्सी

२१ आश्विन २०७७, बुधबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग -आईपीएल_ क्रिकेटअन्तर्गत खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको छ ।

मङ्गलवार राति भएको अबुधाबीमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई हराएको हो।

मुम्बईले राजस्थान रोयल्सलाई १९३ रनको चुनौती दिएको थियो तर राजस्थान १८.१ ओभरमा १३६ रनमा अलआउट भयो ।
मुम्बई जितसँगै अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ । मुम्बईका लागि सूर्यकुमार यादवले नटआउट ७९ रन बनाएर बनाएका थिए ।

सूर्यकुमार म्यान अफ द म्याच भए । मुम्बईका लागि जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र जेम्स प्याटिन्सले उत्कृष्ट बलिङ गरेका थिए । बुमराहले २० रन खर्चेर ४ विकेट लिए, बोल्टले २६ रन खर्चेर २ विकेट भने जेम्स प्याटिन्सनले २ विकेट खर्चेर १९ रन दिए ।

युएईमा जारी आईपीएलका १३ औँ संस्करण हो । राजस्थानले तेस्रो हार सामना गर्नुपरेको छ भने मुम्बईको यो चौथो जित हो ।

Tags :
प्रतिक्रिया दिनुहोस