ट्राफिक प्रहरीद्वारा बुडरमा यात्रु सहायता कक्ष सञ्चालनमा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

ट्राफिक प्रहरीद्वारा बुडरमा यात्रु सहायता कक्ष सञ्चालनमा


२० आश्विन २०७७, मंगलबार


डोटी । अस्थायी ट्राफिक प्रहरी पोस्ट बुडरले चाडपर्वको समयमा यात्रुको सुविधालाई ध्यानमा राखेर बुडरमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
दशैँ, तिहार र छठ जस्ता पर्वहरूमा यात्रुको चाप अत्यधिक बढ्ने र त्यस्तो अवस्थालाई व्यवस्थित गर्न र यात्रुलाई ठगिनबाट बचाउन यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको अस्थायी ट्राफिक प्रहरी पोष्ट बुडरका इन्चार्ज राजेन्द्र विष्टले बताए ।

सहायता कक्षमा कुनै प्रकारको गुनासो आए तत्काल सुनुवाई गर्ने व्यवस्था रहेको उनले बताए । ‘सवारी साधनमा हुन सक्ने यात्रुका समस्याहरू, चर्को भाडादर असुली, सामान चोरी, सामान छुट्ने, अनावश्यक चिजवस्तुहरुमा केही खुवाएर लठ्ठ बनाएर समान लुट्ने लगायतका समस्याहरू सम्बोधन गर्छौ,’ उनले भने,‘यस्तै सवारी दुर्घटना कम गर्ने तथा सवारी दुर्घटनाले पुग्न गएको मानवीय सवारी सम्पत्तिको क्षतिमा रोकथाममा पनि ध्यान दिन्छौ ।’

सहायता कक्षमा विद्यमान कोरोना महामारीलाई ध्यानमा राखी उक्त महामारीबाट बच्न सचेतना अपनाउने सावधानीको बारेमा जानकारी गराइने समेत विष्टले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस