आइपीएल : दिल्लीसँग बैंगलोर ५९ रनले पराजित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आइपीएल : दिल्लीसँग बैंगलोर ५९ रनले पराजित


प्रशासन संवाददाता

२० आश्विन २०७७, मंगलबार


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलमा दिल्ली क्यापिटल्ससँग रोयल च्यालेन्जर्स बैंगलोर ५९ रनले पराजित भएको छ । गएराति भएको खेलमा बैंगलोर दिल्लीले दिएको १९७ रनको चुनौती समना गर्दै १३७ रनमै सीमित रह्यो ।

जवाफी ब्याटिङ गरेको बैंगलोर ९ विकेटको क्षतिमा १३७ रनमा सीमित भएको थियो । कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाएका थिए ।

विशाल अन्तरको यो जितसँगै दिल्ली आईपीएल अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । दिल्लीका लागि कागिसो रबाडाले चार विकेट लिए । चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिएका दिल्लीका अक्षर पटेल म्यान अफ द म्याच भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९६ रन बनाएको थियो ।

मार्कस स्टोइनिस टप स्कोरर रहे । २६ बल सामना गरेका उनले नटआउट ५३ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे । पृथ्वी शाले २३ बलमा ४२, शिखर धवनले २८ बलमा ३२ र रिसभ पन्तले २५ बलमा ३७ रन बनाए । बैंगलोरका लागि मोहम्मद सिराजले २ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस