स्ट्राइकर एडिनसन काभानी युनाइटेडमा अनुबन्धित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्ट्राइकर एडिनसन काभानी युनाइटेडमा अनुबन्धित


एजेन्सी

२० आश्विन २०७७, मंगलबार


एजेन्सी । उरुग्वेका स्ट्राइकर एडिनसन काभानीलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्धित गरेको छ । युनाइटेडले ट्रान्सफर विन्डोको अन्तिम दिन काभानीलाई फ्रि ट्रान्सफरमा अनुबन्धित गरेको हो ।

कभानी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व स्ट्राइकर हुन् । उनले गत जुनको अन्त्यसँगै पीएसजी छाडेका थिए । ३३ वर्षीय काभानीले पीएसजी छाडेसँगै युनाइटेडसँग एक वर्षको सम्झौता गरेका छन् ।

काभानीले क्लब फुटबलमा ५ सय ५६ खेलमा ३ सय ४१ गोल गरेका छन् । पीएसजीका लागि उनले ३ सय १ खेलमा २०० गोल गरेका छन् ।

यस्तै उरुग्वेका लागि भने उनले १ सय १६ खेलमा ५० गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस