डा. केसी बाँच्नुपर्छ, तुरुन्त वार्ता गर : डा. बाबुराम भट्टराई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डा. केसी बाँच्नुपर्छ, तुरुन्त वार्ता गर : डा. बाबुराम भट्टराई


प्रशासन संवाददाता

२० आश्विन २०७७, मंगलबार


काठमाडौँ । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग सम्बोदनका लागि बार्ताको पहल सम्म नगरि बस्न नमिल्ने बताएका छन्

डा. भट्टराईले सरकारलाई तुरुन्त डा. केसीको माग सम्बोदनका लागि बार्ता गर्न आग्रह गरेका छन् ।

२३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि सरकारले वार्ताको पहलसमेत नगरेको डा. भट्टराईको भनाइ छ ।

ससामाजीक संजालमा ट्वीट गर्दै डा. भट्टराईले सरकारले ‘२३ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ ? यो क्रिमिनल नेग्लिजेन्स हैन ?’ भन्दै आक्रोस पोखेका छन् ।

उनले डा केसी संग तुरुन्त बार्तागरी समाधान खोज्न आग्रह गरेका छन् । उनले भनेका छन्, डा.केसी बाँच्नुपर्छ। मूर्खदेखि दैव डरा भनिन्छ ! कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ ! सबै चेतौं !

 

 

Tags :
प्रतिक्रिया दिनुहोस