२८ वर्षीया सोमिका तामाङले जन्माइन् पाँच शिशु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२८ वर्षीया सोमिका तामाङले जन्माइन् पाँच शिशु


१९ आश्विन २०७७, सोमबार


काठमाडौं । तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौँ ।

सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै साथ पाँच शिशु जन्माएकी छन् ।

उनले आज अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्माएकी अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रले जानकारी दिए ।

तीमध्ये एक मृत जन्मिएका छन् । बाँकी चार भने सकुशल छन् । उनका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ ।’आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनुपरेको छैन,’ उनले भने, ‘अहिले बच्चाहरुलाई शिशु उपचार सघन कक्षमा राखिएको छ ।’ डा. मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु विरलै जन्मन्छन् । जीवित शिशुमा चार जना छोरी हुन् ।

ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्राको आठ सय ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ । डा. मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो ।

अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा डा. दिप्ति श्रेष्ठ, डा. नमिता सिङ्देन र डा. मुकेश कुमारले शल्यक्रिया गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस