गोरखामा ९ प्रहरीसहित १८ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोरखामा ९ प्रहरीसहित १८ जनामा कोरोना संक्रमण


१९ आश्विन २०७७, सोमबार


गोरखा । गोरखामा सोमबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये बाह्र किलो प्रहरी चौकीमा कार्यरत ६ पुरुष र २ महिला प्रहरी कर्मचारी र जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक पुरुष कर्मचारी रहेको गोरखा नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

त्यस्तै बाह्र किलो प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारी परिवारका ३ र १२ बर्षीय बालकलाई पनि कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताए । बाह्र किलोमा व्यापार सञ्चालन गर्दै आएका तीन व्यापारीलाई पनि कोरोना पुष्टि भएको उनले जानकारी दिए ।उनीहरुमध्ये दुई महिला र एक पुरुष रहेका छन् । प्रहरी हिरासतमा रहेका दुई पुरुषमा पनि कारोना संक्रमण पुष्टि भएको छ ।

अर्का संक्रमित शिक्षक रहेका छन् । उनी विराटनगरबाट आएर होम क्वारेन्टिनमा बस्दै आएको स्वास्थ्य शाखाले जनाएको छ । अर्का एक संक्रमित भने गोरखा नगरपालिका वडा नम्वर ११ का ३३ वर्षीय पुरुष रहेका छन् । दुवईबाट आएर उनी होम क्वारेन्टिनमा बस्दै आएका थिए ।

केही दिनअघि बाह्र किलो प्रहरी चौकीमा कार्यरत एक प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएसँगै उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस