७८ नेपाली सेना शान्ति मिसनका लागि दक्षिण सुडान प्रस्थान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

७८ नेपाली सेना शान्ति मिसनका लागि दक्षिण सुडान प्रस्थान


प्रशासन संवाददाता

१९ आश्विन २०७७, सोमबार


काठमाडौं । दक्षिण सुडानमा शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली अदली बदली भएको छ । आज बिहान नियमित प्रक्रियाअनुसार ७८ जना नेपाली शान्ति सैनिकको पहिलो डफ्फा मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।

दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरु असोज २० गते (भोली)नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ ।

कोभिड–१९ महामारीका दौरान पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले शान्ति मिसनमा पठाउने टोलीलाई केही दिन अगाडिदेखि नै क्वारेन्टिनमा राख्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस