२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से दोहोरो अङ्कले वृद्धि

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ ।

साताको पहिलो दिन नै सकारात्मक देखिएको बजारले नयाँ लय समात्ने विश्वास गरिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.७१ बिन्दुले उकालो लागेर एक हजार ५८५.७५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.१९ ले वृद्धि भई ३१२.३५ मा पुगेको छ । कूल १९५ कम्पनीको एक करोड सात लाख १३ हजार ३१२ कित्ता शेयर रु तीन अर्ब १७ करोड ८८ लाख ५३ हजार ७१९ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने वृद्धि भएको छ । जलविद्युत् १५.२६ र सामूहिक लगानी कोष ०.३५ ले घटेको छ । यस्तै बैंकिङ १५.५६, व्यापार १५.७७, होटल ११ं८७, विकास बैंक २३.४९, वित्त २.४३, निर्जीवन बीमा २४.०७, उत्पादन १४५.२६, अन्य ११.१५, लघुवित्त ४.०३, जीवन बीमा ४५.०३ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २६ करोड ८६ लाख १२ हजार ६३८ बराबरको कारोबार भयो । यस्तै नेपाल पुनरबीमा कम्पनी रु १९ करोड ४२ लाख ८८ हजार २९९, एनसिसी बैंक रु ११ करोड ६२ लाख १० हजार ९४३, हिमालयन डिस्टिलरी रु ११ करोड ४८ लाख ९३ हजार ४०१, नेपाल बैंक रु १० करोड ६५ लाख ५० हजार ८९७ र कुमारी बैंक रु नौ करोड ७६ लाख आठ हजार ८०९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक ९.८४, शिवम् सिमेन्ट ९.५०, प्रोगेसिभ फाइनान्स ९.४५, छ्याङदी हाइड्रो पावर ७.५९, उन्नती सहकार्य लघुवित्त ६.९२ र लक्षमी बैंकका लगानीकर्ताले ६.४० प्रतिशतले कमाए । यस्तै, यूनियन हाइड्रोपावर ९.८४, दिव्यश्वरी हाइड्रोपावर ९.५७, खानीखोला हाइड्रोपावर ९.४०, नेशनल हाइड्रोपावर ७.६९, एनएमबी हाइब्रिड फण्ड ७ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ६.७२ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस