केन्द्रीय सदस्यलाई कोरोना संक्रमण भएपछि कांग्रेस केन्द्रीय समिति बैठक २५ गतेलाई सर्‍यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

केन्द्रीय सदस्यलाई कोरोना संक्रमण भएपछि कांग्रेस केन्द्रीय समिति बैठक २५ गतेलाई सर्‍यो


प्रशासन संवाददाता

१८ आश्विन २०७७, आइतबार


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक असोज २५ गतेका लागि सरेको छ। आज १९ गतेका लागि बोलाइएको बैठक केही केन्द्रीय सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि २५ गतेका लागि सरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेस कार्यालयमा असोज १५ गते गरिएको स्वाब परीक्षणमा पार्टी केन्द्रीय सदस्य अर्जुननर सिंह केसी, गगन थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ लगायतमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरुबाहेक अन्य विविध जिम्मेवारीमा रहेका केही व्यक्तिमा संक्रमण देखिएको छ।  त्यसैगरी काठमाडौं बाहिर परीक्षण गराएका केन्द्रीय सदस्य रमेश रिजाल र अभयकुमार चौरसियाकोसमेत रिपोर्ट पोजिटिभ देखिएपछि स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै असोज १९ गतेको बैठक २५ गतेका लागि सरेको पौडेलले जानकारी दिए। बैठक २५ गते दिउँसो २ बजेका लागि सारिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस