प्रधानमन्त्रीका दुई सल्लाहकार रिमाल र थापालाई कोरोना संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीका दुई सल्लाहकार रिमाल र थापालाई कोरोना संक्रमण


प्रशासन संवाददाता

१७ आश्विन २०७७, शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका दुई सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सर्य थापालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

शुक्रबार श्वाब संकलन गरि परिक्षण गर्न दिएको र आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको रिमालले बताएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिवार ट्विटमार्फत आफूलाई कोभिड-१९ पोजिटिभ भएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस