कोरोना अपडेट : शनिबार थप २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना अपडेट : शनिबार थप २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि


प्रशासन संवाददाता

१७ आश्विन २०७७, शनिबार


काठमाडौँ । शनिबार देशभर थप २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिनमा थपिने यो हालसम्मकै धेरै संख्या हो।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेरशवर गौतमले सो जानकारी दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। आज १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८४ हजार ५७० पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ। यस अवधिमा मृतक थप ८ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस