प्रदेश राजधानी सार्ने प्रस्तावको विरोधमा रुपन्देही कांग्रेसले प्रदेश सभा घेराउ र धर्ना दिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश राजधानी सार्ने प्रस्तावको विरोधमा रुपन्देही कांग्रेसले प्रदेश सभा घेराउ र धर्ना दिने


प्रशासन संवाददाता

१७ आश्विन २०७७, शनिबार


बुटवल । प्रदेश ५ को राजधानी दाङ सार्ने सरकारको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलन गर्ने भएको छ ।

रुपन्देही कांग्रेसले बुटवलमा भेला गरेर आन्दोलनको मोडालिटी तय गर्ने जनाएको छ। बुटवलको एक होटलमा बसेको कांग्रेसको बैठबले राजधानी सार्ने प्रस्तावको विरोधमा आन्दोलन गर्ने घाषणा गरेका हुन् ।

शनिबार बुटवलमा बसेको पार्टीको वैठकले सरकारको प्रस्तावविरुद्ध भोलि आइतबार रुपन्देही बन्द गरी वृहत प्रदर्शन गर्ने निर्णय गरेको छ । १९ गते ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नाराका साथ प्रदेश सभा घेराउ र धर्ना गर्ने निर्णय गरेको छ ।

प्रदेशसभामा दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव पेश भएको छ र, १९ गते त्यसमाथि छलफल गर्ने तयारी छ । सो प्रस्तावमा रुपन्देहीका संघ संस्था र राजनीतिक दलले आन्दोलनको तयारी गरेका छन्।

कांग्रेसले त्यही दिन जिल्लाभरबाट कार्यकर्ता बुटवल उतारेर सांसदहरुलाई प्रदेश सभा वैठकमा जान नदिने रणनीति अख्तियार गरेको पार्टी सचिव रामकृष्ण खांणले बताए ।

प्रतिक्रिया दिनुहोस