इन्डियन प्रिमियर लिग : चेन्नाई ७ रनले पराजित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इन्डियन प्रिमियर लिग : चेन्नाई ७ रनले पराजित


प्रशासन संवाददाता

१७ आश्विन २०७७, शनिबार


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्स सात रनले पराजित भएको छ । गए राति दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा सनराइजर्स हैदरावादले चेन्नाईलाई सात रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो । जवाफमा चेन्नाईको टोलीले ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो ।

जारी आईपीएलमा चेन्नाईको यो लगातार तेस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस