काठमाडौं । कोरोना संक्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ ।
ह्वाइट हाउसले सूचना जारी गर्दै रा राष्ट्रपति ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लिएको जानकारी दिएको छ ।
ट्रम्पलाई उनको विशेष हेलिकोप्टर मरिन–१ बाट मेडिकल सेन्टर लगिएको थियो ।
शुक्रबार राष्ट्रपति ट्रम्पले ट्विटमार्फत आफू र पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका थिए ।







