चितवन राष्ट्रिय निकुञ्जमा मृत गैँडा फेला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चितवन राष्ट्रिय निकुञ्जमा मृत गैँडा फेला


प्रशासन संवाददाता

१६ आश्विन २०७७, शुक्रबार


भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला परेको छ ।

निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको लामिचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा आज मृतावस्थामा गैँडा फेला परेको हो ।

गैँडा एक\दुई महिना अघि कालगतीले मरेका हुनसक्ने अनुमान गरिएको छ । पोष्टमार्टम पछि मात्र अन्यकुरा थाहा हुने उनले बताए ।

गैंडाको खाग सुरक्षित रहेको निकञ्जले जनाएको छ । यसअघि गत भदौं २१ मा निकुञ्जमा एकसिङ्गे गैंडा मृतावस्थामा फेला परेको थियो । निकुञ्जमा चालु आर्थिक बर्षमा मात्र चार गैँडाको मृत्यु भैइसकेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस