कोरोना संक्रमितको एम्बुलेन्समा मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना संक्रमितको एम्बुलेन्समा मृत्यु


१६ आश्विन २०७७, शुक्रबार


लहान । कोरोना सङ्क्रमित एक पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमा नै आज मृत्यु भएको छ । मृत्यु हुनेमा सुखीपुर नगरपालिका-२ का ५५ वर्षीय पुरुष रहेका छन् ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत उनलाई थप उपचारका लागि विराट मेडिकल कलेज लगिदै गर्दा एम्बुलेन्समै मृत्यु भएको मेडिकल कलेजका आइसोलेशन प्रमुख सुनिल देवले जानकारी दिए ।

उपचारकै क्रममा गत बिहीबार साँझ ती पुरुषमा कोरोना पुष्टि भएको थियो । योसँगै कोरोनबाट सिरहामा मृत्यु हुनेको सङ्ख्या १४ जना पुगेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस