काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या पछिल्लो समय बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार काठमाडौँमा १ हजार २ सय ८० , ललितपुरमा १ सय ६२ र भक्तपुरमा १ सय ९६ जना कोरोना संक्रमित देखिएका हुन् ।







