प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी, नाम लुम्बिनी राख्‍न प्रस्ताव « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी, नाम लुम्बिनी राख्‍न प्रस्ताव


१६ आश्विन २०७७, शुक्रबार


बुटवल । प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरेको छ ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारी प्रस्ताव पेश गरेका हुन् ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गरेको मन्त्री केसीले बताए ।

दाङको देउखुरीलाई केन्द्रमा राखेर गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई पनि राजधानीमा जोड्ने प्रस्ताव मन्त्री केसीले प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

नेपालको संविधानले प्रदेश राजधानी र प्रदेशको नाम तोक्ने अधिकार प्रदेश सभालाई दिएको छ । प्रदेश सभाले स्थायी राजधानी र नामको बारेमा निर्णय गर्नका लागि कार्यदल गठन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस