राष्ट्रियसभा सदस्यमा गौतमको नियुक्ति बदर मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभा सदस्यमा गौतमको नियुक्ति बदर मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै


प्रशासन संवाददाता

१६ आश्विन २०७७, शुक्रबार


काठमाडौं । राष्ट्रियसभा सदस्यमा वामदेव गौतमको नियुक्ति बदरको माग गर्दै दायर रिटमा आज पनि सुनुवाइ हुने भएको छ ।

गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा आज संवैधानिक इजलासमा सुनुवाई हुने भएको हो ।

बुधबार हेर्दा हेर्दैको अवस्था रहेको यो रिटमा आज शुक्रबार थप सुनुवाई गर्ने मिति तोकिएको थियो ।

यसअघि सर्वोच्च अदालतले राष्ट्रियसभामा गौतमको नियुक्तिलाई यथास्थितिमा राख्‍न र थप संवैधानिक जिम्मेवारी नदिन आदेश गरेको थियो ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस