प्रधानसेनापति थापाद्वारा श्रेष्ठलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानसेनापति थापाद्वारा श्रेष्ठलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान


१५ आश्विन २०७७, बिहिबार


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायकरथीबाट बढुवा भएका शरदलाल श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले उपरथी श्रेष्ठलाई दर्ज्यानी चिन्ह लगाइदिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मन्त्रिपरिषद्को यही असोज १२ गतेको बैठकले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्राविधिक उपरथी श्रेष्ठलाई जङ्गी अड्डाले इन्जिनीयरिङ विभागको प्रमुखको जिम्मेवारी दिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस