रानीपोखरीको बालगोपालेश्‍वर मन्दिरमा गजुर राखियो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रानीपोखरीको बालगोपालेश्‍वर मन्दिरमा गजुर राखियो


१५ आश्विन २०७७, बिहिबार


काठमाडौं । २०७२ सालको भूकम्पमा भत्किएको रानीपोखरीको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बिहिवार बालगोपालेश्वर मन्दिरमा सुनको लेपन भएको गजुर प्रतिस्थापन गरिएको छ ।

रानीपोखरी पुर्निर्माण उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधारले यस वर्षको भाइटीकाबाट रानीपोखरी पूर्ण रुपमा खुला हुने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस