२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असईको परीक्षा चलाउने नक्कली इन्स्पेक्टर पक्राउ

अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षकको पोशाक लगाएर ठगी गर्दै हिँड्ने एक नक्कली इन्स्पेक्टर पक्राउ परेका छन् । पर्सा प्रहरीले बुधबार बारा जितपुर सिमरा उपमहानगरपालिका – ७ चौधरी टोलका २९ वर्षीय अजयकुमार रायलाई बर्दीमै पक्राउ गरेको हो।

उनले ९ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्सपेक्टले जनाएको छ ।

जिल्ला प्रहरीका कार्यालय पर्साका अनुसार बुधबार वीरगन्ज–१६ को देव पार्टी प्यालेसमा उनी प्रहरी सहायक निरीक्षक र राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा चलाउँदै थिए। उनले परीक्षामा बारा, पर्सा र सर्लाहीका २१ जना परीक्षार्थीलाई परीक्षामा संलग्न गराएका थिए। प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार यी परीक्षार्थीलाई उनले ठग्न खोजेका थिए।

सो परीक्षा सञ्चालनमा सहयोग गर्ने प्रयोजनको परीक्षा दिलाउने भनी उनले फोन गरेर २१ जनालाई बोलाएको प्रहरीले जनाएको छ ।

‘परीक्षार्थीहरूसँग नेपाल प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामती खरिदार समेतमा जागिर लगाइदिन्छु भनी विगत ९ महिनादेखि प्रहरी चौकी परवानीपुर, इलाका प्रहरी कार्यालय नगवा पर्सामा गएर म प्रहरी निरीक्षक हुँ भनी परिचयसमेत दिँदै हिँडेको पाइएको छ,’

प्रहरीका अनुसार उक्त परीक्षा हलबाट हिरालाल महतो वसन्त चौधरी, रविकुमार चौरसिया, शिवनारायण चौरसिया, रामजी चौरसियालाई पनि पक्राउ गरिएको छ। उनीहरूले परीक्षा सञ्चालनका लागि रायलाई सहयोग गरिरहेको बताइएको छ ।

रायले हालसम्म एक दर्जन व्यक्तिबाट तीन लाख ६१ हजार रुपैयाँ ठगिसकेको छ।

प्रहरीका अनुसार यसअघि राय बाराबाट २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा जेल परेका थिए। उनी सो मुद्दामा ११० दिन जेल परेका थिए।

यसबारे प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।