पुनर्निर्मित रानीपोखरी मन्दिरमा गजुर राखिँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पुनर्निर्मित रानीपोखरी मन्दिरमा गजुर राखिँदै


प्रशासन संवाददाता

१५ आश्विन २०७७, बिहिबार


काठमाडौं । रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिरमा आज गजुर प्रतिस्थापन गरिदैछ ।

मल्लकालीन शैलीमा पुनर्निर्मित रानीपोखरीको पुननिर्मानको काम अन्तिम चरणमा पुगिसकेकाले आज गजुर राखिने भएको हो ।

२०७२ सालको भूकम्पमा रानीपोखरीको बीच भागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त भएको थियो ।

२०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । शिलान्यास भएको करिब ५ वर्षपछि अब पुनर्निर्माण सकिने चरणमा छ ।

पुनर्निर्मित रानीपोखरीको उदघाटन पनि राष्ट्रपतिबाटै गराउने सरकारको योजना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस