कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि काठमाडौँबाट श्रम स्वीकृति बन्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि काठमाडौँबाट श्रम स्वीकृति बन्द


प्रशासन संवाददाता

१४ आश्विन २०७७, बुधबार


काठमाडौँ। वैदेशिक रोजगार कार्यालय काठमाडौँबाट श्रम स्वीकृति दिने काम केही दिनका लागि बन्द भएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा रोकिएको हो ।

मङ्गलवार एक कर्मचारीमा कोरोना पुष्टि भएकोले बुधवारदेखि सम्पूर्ण सेवा केही दिनको लागि बन्द गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । । उनले भने, ‘एक जनामा कोरोना पुष्टि भएको छ, अन्यको पनि पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ, तत्कालका लागि सबै सेवा बन्द गरिएको छ ।’

लकडाउन खुलेपछि काठमाडौँ कार्यालयबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस