२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरियाली भाषा परीक्षा कहिले ?

अ+ अ-

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको कोरियाली भाषा परीक्षा पनि अन्योलमा परेको छ । विश्व कोरोना महामारीका कारण यस वर्षको रोकिएको परीक्षा अव २०२१ मा मात्रै हुने सङ्केत देखिएको छ ।

नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो ।

सन् २०२० का लागि दक्षिण कोरिया जान ९० हजारले आवेदन दिएका थिए । उनीहरू परीक्षाको तयारी गरेर बसेकाले नियमित तालिकाभन्दा सात–आठ महिना ढिला भए पनि परीक्षा हुने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । दाहालका अनुसार कोरोनाको जोखिम कायमै रहेकाले तत्काल परीक्षा नभए पनि आउँदो पुस/माघमा परीक्षा गर्ने गरी तयारी भइरहेको छ ।

कोरियाको मानव संसाधन विभाग (एचआरडी)ले कोरोनाको जोखिम अझै कायम रहेकाले कोरिया भाषा परीक्षा अझै तीन÷चार महिना धकेलिन सक्ने सङ्केत रहेको महानिर्देशक दाहालको भनाइ छ ।

भाषा परीक्षा नगर्ने बारेमा अहिलेसम्म कोरियाको ईपीएस हेर्ने एचआरडीले कुनै जानकारी नदिएकाले परीक्षा हुने तर ढिला भने हुने उनको भनाइ छ ।

यसअघि सन् २०१२ मा पनि ईपीएस भाषा परीक्षा भएको थिएन । ईपीएस भाषा परीक्षा सन् २००८ देखि सुरु भएको हो ।

कोरोना सङ्कट सुरु भएयता १ हजार ७०१ युवाले कोरियाका रोजगारदातासँग श्रम सम्झौता गरे पनि कुनै श्रमिक पनि कोरिया प्रवेश गर्न नपाएको ईपीएस शाखाले जनाएको छ ।

शाखाका अनुसार श्रम सम्झौता गरेर भिसा प्राप्त गरेका ९६१ जनाको भिसाको म्याद सकिन लाग्दा पनि कोरिया जान पाएका छैनन् । उनीहरूको भिसा म्याद नोभेम्बरको दोस्रो सातासम्म मात्र रहेको छ ।

शाखाले दिएको जानकारी अनुसार नेपालबाट वार्षिक औसतमा ८ हजारको हाराहारीमा नेपाली युवा कोरिया जाने भए पनि यो वर्षको नौ महिनामा १ हजार २७ जना नेपाली मात्र रोजगारीका लागि कोरिया गएका छन् ।

यस्तै, सन् २०१९ मा ७ हजार १३६ नेपाली रोजगारीका लागि कोरिया गएको शाखाले जनाएको छ ।

हालसम्म ६६ हजार ८७२ नेपाली रोजगारीका लागि दक्षिण कोरिया गइसकेका छन् । जसमध्ये ६२ हजार ८५२ पुरुष र ४ हजार २० महिला छन् । हाल लगभग ३१ हजार नेपाली कोरियामै रोजगारी गरिरहेका छन् ।