तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने


१३ आश्विन २०७७, मंगलबार


काठमाडौं । नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी सञ्चालन आउने भएको छ। कोरोना भाइरसको जोखिम कायमै रहेको स्वास्थ्य मापदण्डमा पूरा गरेर नाका सञ्‍चालन हुने भएको हो।

मंगलबार प्रमुख जिल्ला अधिकारी ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वको टोलीबीच असोज १९ गतेबाट नाका खोल्ने विषयमा सहमति भएको हो ।

दुई देशको टोलीबीच असोज १८ गतेसम्म तयारी पूरा गर्ने र १९ गतेबाट चिनियाँ सामान नेपालमा झार्ने व्यवस्था गर्ने सहमति भएको प्रजिअ ढकालले जानकारी दिए । ‘नाका खोल्ने विषयमा सहमति भएको हो’ उनले भने, ‘उनीहरुले (चिनियाँ पक्षले) सेप्टेम्बर ४ तारेखसम्म तयारी पूरा गर्छन् र ५ तारेख (असोज १९ गते) बाट सामान हाम्रोमा आइपुग्छ ।’

नाका खुल्ने दिनसम्म नेपालले लोड अनलोड गर्ने मजदुरको टोली तयारी अवस्थामा राख्नुपर्नेछ । ‘हामीले सामान लोड गर्ने मान्छे तयार पार्नुपर्छ । २५ जनाको ग्रुप यसअघि नै थिए, थप २९ जनाको ग्रुप तयार पार्छौं’ प्रजिअ ढकालले भने ।

नेपालतर्फ पहिरो खसेका कारण असार २४ गतेदेखि नेपालकै आग्रहमा तातोपानी नाका बन्द गरिएको थियो । तर सडक मर्मत सकिएपछि नेपालले आग्रह गर्दा पनि तिब्बतको हिमताल फुट्ने जोखिमलाई कारण देखाउँदै चीनले नाका खोल्न आनाकानी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस