नवदुर्गा गाउँपालिकाद्वारा डडेल्धुरा अस्पताललाई १० लाखको चेक हस्तान्तरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नवदुर्गा गाउँपालिकाद्वारा डडेल्धुरा अस्पताललाई १० लाखको चेक हस्तान्तरण


१३ आश्विन २०७७, मंगलबार


डडेल्धुरा ।  डडेल्धुराको नवदुर्गा गाउँपालिकाले डडेल्धुरा अस्पताललाई १० लाखको चेक हस्तान्तरण गरेको छ।

अस्पतालमा सञ्चालन भएको पीसीआर ल्याब सञ्चालन, संकट समाधानका तथा  जनशक्ति व्यवस्थापनका  लागि मंगलबार अस्पताललाई  चेक हस्तान्तरण गरेको हो ।

सुदूरपश्चिम प्रदेशका पहाडी ७ जिल्लाको केन्द्र विन्दुमा रहेको डडेल्धुरा अस्पालमा कोरोना परीक्षण ल्याब स्थापना भई पीसीआर परीक्षण भइरहेको छ। कोरोना नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले स्थापना भएको कोरोना परीक्षण प्रयोगशालालाई अझ व्यवस्थित गर्नका लागि नवदुर्गा गाउँपालिकाले अस्पताललाई १० लाख रुपैयाँ सहायता गरेको गाउँपालिका अध्यक्ष कविन्द्र विष्टले जानकारी दिए।

डडेल्धुरामा कोरोना परीक्षण ल्याब संचालनमा आएपछि डडेल्धुरालगायत सुदूरपश्चिमका अन्य जिल्लाहरूको पीसीआर परीक्षण हुँदै आएको र पछिल्लो समय अस्पतालले प्रदान गर्ने सेवा सुविधाहरूमा पनि सुधार हुँदै आएको अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए।

उनले अझै डडेल्धुरा अस्पतालको गुणस्तर सुधारका लागि स्थानीय तहबाट भएको आर्थिक तथा भौतिक सहयोगले थप ऊर्जाप्राप्त भएको  र स्थानीयतहहरुसँग सधैँ समन्वय र सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता गरे।  यसअघि अमरगढी नगरपालिकाले २० लाख सहयोग गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस