२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२३ वर्षपछि छाब्दी मार्गमा कालोपत्रे

अ+ अ-

तनहुँ । तनहुँको प्रसिद्ध छाब्दी बाराही मन्दिर जाने पुरानो सडक मार्ग करिब २३ वर्षपछि कालोपत्रे गरिएको छ । उक्त मार्गअन्तर्गत व्यासनगरपालिका-१ स्थित गल्बुबेसी सडक खण्डमा कालोपत्रे गरिएको हो ।

विसं २०५४ सालमा ट्र्याक खोलिए पनि हाल नगरपालिकाको आर्थिक सहयोगमा उक्त मार्गमा कालोपत्रे गरिएपछि त्यस क्षेत्रको मुहार फेरिएको छ । नगरपालिकाको रु ११ लाख र जनसहभागिता लागत रु पाँच लाख गरी रु १६ लाखको लागतमा उक्त मार्गमा कालोपत्रे गरिएको पुरानो छाब्दीमार्ग कालोपत्रे निर्माण उपभोक्ता समितिका अध्यक्ष रामराज अधिकारीले जानकारी दिए।

उक्त बजेटमार्फत करिब ३०० मिटर सडक कालोपत्रे गर्नुका साथै १२ मिटर लम्बाइ आरसिसी ढलान गरी पानी कटाउने नालासमेत निर्माण सम्पन्न गरिएको उनले बताए । पुरानो सडक मार्गको रूपमा परिचित उक्त सडक वर्षायाममा हिलो र हिउँदमा धुलोको समस्या त्यसक्षेत्रका बासिन्दा तथा यात्रुहरुले भोग्नुपरेको थियो ।

पृथ्वी राजमार्गको बुल्दी खोलादेखि चारकुनेसम्मको करिब डेढ किलोमिटर दूरीमध्ये गत वर्ष ४०० मिटर दूरी सडक कालोपत्रे गरिएको थियो । उक्त सडकअन्तर्गत कालोपत्रे गर्न बाँकी रहेको करिब ६०० मिटर सडक मार्गमा भने यसअघि नै ग्राबेल गरिएको छ ।