पूर्वसांसद हरिप्रसाद रायको निधन « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

पूर्वसांसद हरिप्रसाद रायको निधन


प्रशासन संवाददाता

१२ आश्विन २०७७, सोमबार


सप्तरी । पूर्वसांसद एवं नेपाली कांग्रेस सप्तरीका पूर्व सभापति हरिप्रसाद राय अमातको ८५ वर्षको उमेरमा निधन भएको छ ।

मुटु, मिर्गौला र अल्सर रोगबाट पीडित अमातको धरानमा उपचारका क्रममा गएराति मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको तरहीमा जन्मेका उनी २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

पछि उनी मलोपामा केन्द्रीय सदस्य बसेका थिए भने तमलोपालगायत मधेसमा राजनीति गरिरहेको पाँच दल एकीकरण भएर बनेको राजपामा उनी सक्रिय रहेका थिए । उनका एक श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस