उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकाललाई कोरोना सङ्क्रमण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकाललाई कोरोना सङ्क्रमण


प्रशासन संवाददाता

१२ आश्विन २०७७, सोमबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ढकालले आफूलाई कोरोना भएको जनकारी दिएका  हुन् ।

आफूलाई कोरोना भएपछि आफ्नो सम्पर्कमा आएकाहरूलाई सुरक्षित रहन र स्वास्थ्य सजगता अपनाउन पनि ढकालले सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।

आइतबार गरिएको स्वास्थ्य परीक्षणमा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

‘विश्वमै महामारीका रुपमा रहेको कोभिड १९ को प्रकोप हाम्रो देशमा पनि बढ्दो रुपमा रहेको सबैलाई जानकारी नै छ । यस समयमा म आफू पनि जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ । तर मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको छु । त्यसैले केही दिनयता मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउनुहुन यसै सूचनामार्फत आग्रह गर्दछु ’ उनले फेसबुकमा लेखेका छन् ।

फेसबुक स्टाटस:

 

 

Tags :
प्रतिक्रिया दिनुहोस