अजयमेरु गाउँपालिका डडेल्धुमा विद्यालय सञ्चालन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अजयमेरु गाउँपालिका डडेल्धुमा विद्यालय सञ्चालन


प्रशासन संवाददाता

१२ आश्विन २०७७, सोमबार


डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालय खुलेका छन् । आइतबारदेखि सामाजिक दुरी कायम गरी विद्यालयमा निरन्तर पढाइको सुरुवात गरिएको छ ।

जिल्लामा कोरोनाको महामारीका कारण बन्द रहेका विद्यालय पहिलो चोटि खुलेका हुन । अजयमेरुले गाउँपालिका स्तरीय निर्णय गरी विद्यालय खोल्ने सहमति गरेको हो । सोही सहमति र निर्णयका आधारमा आजदेखि पढाइ सुचारु गरिएको हो ।

३२ वटा सामुदायिक विद्यालय रहेको उक्त गाउँपालिकाका सबै विद्यालयमा अभिभावक, शिक्षक र शिक्षा शाखा अजयमेरुसँगको छलफल पछि विद्यालय खोलिएका हुन् ।अजयमेरु गाउँपालिकाले स्थानीय तहमा रहेका विद्यालय सञ्चालनका लागि यसअघि प्रधानाध्यापक, अभिभावक, विद्यालय कर्मचारी र अन्य सरोकारवालासँग राय सुझाव सङ्कलन गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै नियमित विद्यालय खोल्ने निर्णय गरेको अजयमेरु गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्टले बताए ।

साथै विद्यार्थीलाई कोरोनाबाट जोगिन स्वास्थ्य सामाग्री तथा सम्पूर्ण सुरक्षाका सामग्री अपनाएर विद्यालयमा नियमित पठनपाठन गर्न थालिएको छ । विगत दिनमा क्वारेन्टिन बनाइएका विद्यालय भवनका कक्षाकोठा पूर्णरुपमा सेनेटाइज गरी पठन कार्य सुचारु गरिएको शिक्षक बताउँछन् । हालका लागि विद्यालयको चौरमा सामाजिक दुरी कायम गरी पठन कार्य गराइरहेको अमयमेरु – १ मा रहेको वालकल्याण माविका शिक्षकले बताए।

प्रतिक्रिया दिनुहोस