‘पीसीआर गरेर परीक्षामा सहभागी गराउने निजी कलेजको निर्णय कार्यान्वयन नगर्नू’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘पीसीआर गरेर परीक्षामा सहभागी गराउने निजी कलेजको निर्णय कार्यान्वयन नगर्नू’


११ आश्विन २०७७, आइतबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षणविहीन विद्यार्थीहरूको पिसिआर परीक्षण नगराई परीक्षामा सामेल गराउन निजी मेडिकल कलेजहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लक्षण नभएका विद्यार्थीको पनि पिसिआर परीक्षण गराउने कुरा वैज्ञानिक नभएको भन्दै परीक्षणलाई अनिवार्य नराउन अनुरोध गरिएको जानकारी दिए।

निजी मेडिकल कलेजहरूले आफ्ना विद्यार्थीहरूलाई परीक्षामा सामेल हुनलाई अनिवार्य पिसिआर परीक्षण गर्न भनेको छ। तर उक्त निर्णय कार्यान्वयन नगर्न मन्त्रालयले निर्देशन दिएको छ।

प्रवक्ता गौतमले सरकारले तोकेको प्रोटोकल भन्दा बाहिरका मानिसहरूको परीक्षण गर्ने कुरा अवैधानिक रहेको भन्दै सो कार्य गर्न नहुने जनाए।

Tags :
प्रतिक्रिया दिनुहोस