ओली-प्रचण्ड भेट : मन्त्रिमण्डल पुनर्गठन आजभोलि नै गर्ने तयारी  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ओली-प्रचण्ड भेट : मन्त्रिमण्डल पुनर्गठन आजभोलि नै गर्ने तयारी 


प्रशासन संवाददाता

११ आश्विन २०७७, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । स्रोतका अनुसार दुवै अध्यक्षबीच आज भएको भेटमा आजभोलि नै मन्त्रिमण्डल पुनर्गठन गर्ने बारे छलफल  भएको जनाइएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनलाई आजभोलिमा टुङ्गो लगाउने गरी छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

भेटमा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका मापदण्डबारे पनि छलफल भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस