२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोको उच्च जोखिममा स्वास्थ्य चौकी

अ+ अ-

बागलुङ । बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ । निरन्तरको वर्षाले स्वास्थ्य चौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्य चौकीको भवन समेत चर्किएको छ ।

दुई वर्षपहिला निर्माण भएको स्वास्थ्य चौकीको नयाँ भवन पहिरोको कारण उच्च जोखिममा रहेको स्वास्थ्य चौकी इन्चार्ज विष्णुप्रसाद शर्माले जानकारी दिए । पहरोको उच्च जोखिममा रहेर भवनसमेत चर्केको अवस्थामा उपचार सेवाका लागि समेत समस्या भएको छ । बागलुङ नगरपालिकादेखि लामाचौर हुँदै बौडैचौर जाने सडकको घुम्तीदेखि पहिरो गएका कारण स्वास्थ्य चौकी पूर्ण खतरामा रहेको शर्माको भनाइ छ ।

“स्वास्थ्य चौकीको खानेपानी ट्याङ्की भासिएको छ, भवनको केही भाग चर्किएको छ”, शर्माले भने, “पहिरो निरन्तर गइरहेको र भिरालो जमिनमाथि स्वास्थ्य चौकी भवन भएका कारण ठूलो क्षति हुनसक्ने अनुमान छ ।” तत्कालै सम्बन्धित निकायको ध्यान नजाने हो भने स्वास्थ्य चौकीनै विस्थापिन हुने खतरा छ । स्वास्थ्य चौकीको अग्रभागमा रहेको ढलान छिया–छिया भएर चर्किएको छ । झण्डै रु एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको उक्त भवन वातावरणीय मूल्याङ्कनबिनै निर्माण गर्दा समस्या भएको वडाध्यक्ष राजन जिसीले जानकारी दिए ।

तत्कालै पहिरो रोकथामका लागि ठूलो बजेट विनियोजन गर्न आवश्यक रहेको भन्दै जिसीले आवश्यक समन्वय भइरहेको बताए । झण्डै २०० मिटर लामो पहिरोका कारण लामाचौर जाने सडकमा समेत असर पुर्याएको छ । पहिरोले स्वास्थ्य चौकीमुनिका तीन घरसमेत जोखिममा परेका छन् ।