संघ र प्रदेशका खरदार-सुब्बाका लागि ३५ दिने सेवाकालीन तालिमको अवसर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संघ र प्रदेशका खरदार-सुब्बाका लागि ३५ दिने सेवाकालीन तालिमको अवसर


प्रशासन विशेष ब्युरो

११ आश्विन २०७७, आइतबार


काठमाडौँ । संघ र प्रदेशमा कार्यरत खरदार-सुब्बाहरूलाई ३५ दिने सेवाकालीन तालिम दिइने भएको छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले निजामती सेवाका राजपत्र अनङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारी तथा प्रदेश र स्थानीय तहमा कार्यरत चोथौँ र पाँचौँ तहका कर्मचारीहरुको क्षमता विकास गर्ने उद्देश्यले यही असोज २५ गतेबाट ३५ दिने सेवाकालीन प्रशिक्षण दिन लागेको हो । प्रशिक्षण अनलाइन विधिमार्फत हुनेछ ।

आमने सामने विधिको प्रयोग गरी सञ्चालन गर्न कोभिड-१९ का कारण अनुकूल अवस्था नभएकोले अनलाइन विधि मार्फत प्रशिक्षण हुने प्रतिष्ठानले जनाएको छ । इच्छुक कर्मचारीहरूले प्रशिक्षण मनोनयन फाराम भरी हाल बहाल रहेको पदको नियुक्ति-पदस्थापन पत्रको फोटोकपी १९ गते बेलुकी ५ बजेसम्म इमेलमा पठाउनु पर्नेछ ।

प्रशिक्षणमा भाग लिन प्रशिक्षण अवधिभर ल्यापटप, कम्प्युटर र इन्टरनेटको सुविधा सम्बन्धित कार्यालय वा सहभागी स्वयंले नै अनिवार्य रूपमा व्यवस्था गर्नुपर्ने पनि प्रतिष्ठानले जनाएको छ । हाल बहाल रहेको पदमा न्यूनतम तीन वर्ष सेवा अवधि पुरा भएको सहभागीले मात्रै प्रशिक्षण मनोनयन फाराम भर्नुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस