शनिवार थप १२०७ कोरोना सङ्क्रमित, ११४७ डिस्चार्ज « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

शनिवार थप १२०७ कोरोना सङ्क्रमित, ११४७ डिस्चार्ज


प्रशासन संवाददाता

१० आश्विन २०७७, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा सो सङ्ख्याका सङ्क्रमित थपिएका छन्। यीसहित हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या ७१ हजार ८२१ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १४७ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या ५३ हजार १३ पुगेको छ।

कुल सङ्क्रमितमध्ये निको हुनेको दर ७३.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ३४१ रहेको छ।

त्यस्तै यस दिन मृतक थप ८ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ४६७ जनामा कोरोना देखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस