कोरोना संक्रमणबाट वीरगन्जमा थप एकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमणबाट वीरगन्जमा थप एकको मृत्यु


प्रशासन संवाददाता

९ आश्विन २०७७, शुक्रबार


वीरगन्ज । पर्साको वीरगन्जमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

पर्साको पोखरिया नगरपालिका १ का ७७ वर्षीय संक्रमित पुरुषको नेशनल मेडिकल कलेजले संचालन गरेको अस्थायी कोभिड अस्पतालमा बिहीबार राती मृत्यु भएको हो ।

कोभिड अस्पतालको भेन्टिलेटरमा उपचाररत ती वृद्धको बिहीबार राती पौने ९ बजे मृत्यु भएको कोभिड अस्पतालका सम्पर्क व्यक्ति डाक्टर असरफ हुसेनले जानकारी दिए ।

मुटु र मृगौलाका रोगी ती वृद्धको स्वास्थ्यमा समस्या भएपछि गत असोज ७ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारका क्रममा स्वाब संकलन गरी नारायणी अस्पतालकै प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हुसेनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस