२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईपीएल : किंग्स इलेभेन पञ्जाबद्धारा रोयल च्यालेन्जर्स बैंग्लुरु ९७ रनले पराजित

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को छैटौँ खेलमा किंग्स इलेभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ९७ रनले पराजित गरेको छ ।

पञ्जाबका कप्तान लोकेश राहुलले नटआउट रहँदै सर्वाधिक १ सय ३२ रनको इनिङ्ग्स खेले । बैंग्लुरु उनले बनाएको स्कोरसम्म पनि पुग्न सकेन र १७ ओभरमा मात्र १ सय ९ रनमा आउट हुन पुग्यो ।

आईपीएलमा पञ्जाबको यो दोस्रो ठूलो जीत हो । यसअघि सन् २०११ मा बैंग्लुरुलाई नै १ सय ११ रनले हराएको थियो ।

आरसीबीका लागि वासिङ्टन सुन्दरले सर्वाधिक ३० रन बनाए । एबी डिविलियर्सले २८ तथा एरोन फिन्चले २० रन बनाए । पञ्जाबका लागि रवि विश्नोई र मुरुगन अश्विनले ३–३ विकेट लिए ।

२०७ रनको लक्ष्य पछ्याउने क्रममा बैंग्लुरुको सुरुवात निकै खराब रह्यो । उसले मात्र ४ रनमा तीन विकेट गुमाएको थियो ।

पञ्जाबका कप्तान केएल राहुलले १४ चौका र ७ छक्काको मद्दतले १ सय ३२ रनको शानदारी पारी खेले । यो सिजनको पहिलो शतक हो । उनको शतकको मद्दतले पञ्जाबले ३ विकेटको क्षतिमा २०६ रन बनायो । राहुलको आईपएलमा दोस्रो शतक हो । योसँगै उनी आईपीएलमा सबैभन्दा ठूलो स्कोर बनाउने भारतीय बनाएका छन् ।

त्यस्तै, आईपीएलमा सबैभन्दा चाँडो २ हजार रन पुरा गर्ने खेलाडी पनि बनेका छन् । उनले ६९ खेलमा ६९ इनिङमा यो कीर्तिमान आफ्नो नाम गरेका हुन् । यो रेकर्ड पहिले सचिन तेन्दुल्करको नाममा थियो ।

उता, बैंग्लुरुका सबैभन्दा महँगो खेलाडी विराट कोहली फेरि फ्लप साबित भए । १७ करोड मूल्य रहेका उनले फिल्डिङमा राहुलको दुईवटा क्याच छाडे भने मात्र एक रन बनाउन सके ।