बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु


८ आश्विन २०७७, बिहिबार


काठमाडौं । बुटवलको कोरोना विशेष अस्पतालमा बिहीबार कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उपचारको क्रममा कपिलवस्तुको बनगाइकी ७० वर्षीया महिलाको बिहीबार साँझ साढे ५ बजे मृत्यु भएको हो ।

डा.गौतमका अनुसार मृतक महिलामा दम, मिर्गौला र रगतमा खराबी थियो।

उनी असोज ३ गते अस्पताल भर्ना भएकी थिइन् । ती महिलाको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि कोरोना विशेष अस्पतालमा भर्ना गरी राखिएको थियो।

बिहीबार नै बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका दुईजना संक्रमितको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस