कोरोना रिपोर्ट नेगेटिभ आएपछि काममा फर्किए ऊर्जामन्त्री पुन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना रिपोर्ट नेगेटिभ आएपछि काममा फर्किए ऊर्जामन्त्री पुन


८ आश्विन २०७७, बिहिबार


काठमाडौं । निजी सुरक्षा गार्डलाई कोरोना देखिएपछि शुक्रबारदेखि होम आइसोलेसनमा बसेका ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन बिहीबारदेखि काममा फर्किएका छन् ।

बुधबार गरिएको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि मन्त्री पुन मन्त्रालयको नियमित काममा फर्किएको उनको सचिवालयले जनाएको छ ।

ऊर्जामन्त्रीका अंगरक्षकलाई गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

अंगरक्षकलाई कोरोना पुष्टि भएपछि मन्त्री पुनले ५ दिन क्वारेन्टाइनमा बसेर पीसीआर परीक्षण गराएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस