सिमकोट जान पीसीआर नेगेटिभ अनिवार्य « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सिमकोट जान पीसीआर नेगेटिभ अनिवार्य


८ आश्विन २०७७, बिहिबार


काठमाडौं । हुम्लाको पर्यटकीय गन्तब्य सिमकोटमा जान पीसीआर रिपोर्ट नेगेटिभ आएको रिपोर्ट चाहिने भएको छ ।

यसअघि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका (लुक्ला) अब पनि यस्तो व्यवस्था गरेको थियो ।

सिमकोट गाउँपालिकाको कार्यालयले सबै हेलिकोप्टर कम्पनी र हवाईजहाज कम्पनीलाई पत्र काट्दै पीसीआर नेगेटिभ भएका यात्रु मात्र विमानस्थलमा ल्याउन निर्देशन दिइएको छ ।

कोरोना भाइरसको नियन्त्रणका लागि यस्तो निर्णय गर्नु परेको गाउँपालिकाले जनाएको छ ।

सिमकोटमा नेपालगन्जबाट तारा, सिता र समिट एयरले उडान गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस