बहराइनका राजकुमारको टोली लुक्लामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बहराइनका राजकुमारको टोली लुक्लामा


८ आश्विन २०७७, बिहिबार


काठमाडौं । नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएका बहराइनका १५ जना र तीन बेलायती नागरिकको टोली आज लुक्ला पुगेको छ ।

यो टोलीमा बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खालिफा समेत सहभागी छन् । राजकुमारसहितका ५ जना कैलाश हेलिकोप्टरबाट लुक्ला प्रस्थान गरेका थिए ।

टोलीका अन्य सदस्य, गाइड तथा अन्य सहयोगी भने दुई वटा जहाजबाट लुक्ला पुगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस