सिडिओका भान्सेको कोरोना सङ्क्रमणले मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिडिओका भान्सेको कोरोना सङ्क्रमणले मृत्यु


प्रशासन विशेष ब्युरो

८ आश्विन २०७७, बिहिबार


सप्तरी । सप्तरीमा कोरोना सङ्क्रमित एक सरकारी कर्मचारीको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको कोरोना सङ्क्रमणका कारण बिहीबार बिहान मृत्यु भएको हो ।

गत ३१ भदौमा कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा रहँदै आएका उनमा सुरुवाती समयमा ज्वरो देखिए पनि पछिल्लो चार दिन यता स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले बताएका छन् ।

स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा उनको मृत्यु भएको हो ।

मृत्यु भएका ती पुरुष कर्मचारी लामो समयदेखि प्रमुख जिल्ला अधिकारी निवासमै खाना पकाउने काम गर्दै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस